परराष्ट्रसचिव लम्साल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

Byपहिलो सुचना

२०८१ जेष्ठ १६, बुधबार ११:१२ २०८१ जेष्ठ १६, बुधबार ११:१२ २०८१ जेष्ठ १६, बुधबार ११:१२

जेठ १६, न्युयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटवार्ता गरेकी छन्।

भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसङ्घले नेपालको विकासमा खेलेको भूमिका लगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको छ।

भेटमा जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ ।

सचिव लम्साल बरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन न्युयोर्क पुगेकी छन्।

सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गरेका हुन्। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook