संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Byपहिलो सुचना

२०८१ जेष्ठ १, मंगलवार १०:३३ २०८१ जेष्ठ १, मंगलवार १०:३३ २०८१ जेष्ठ १, मंगलवार १०:३३

जेठ १, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसमाथिको छलफल भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटाछुट्टै हुनेछ । संघीय संसदका प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने छ । राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुने छ । अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook