भुकम्पमा खुट्टा गुमाएकालाई ललितपुर महानगरको आर्थिक सहयोग

Byपहिलो सुचना

२०८१ बैशाख १४, शुक्रबार ०९:४६ २०८१ बैशाख १४, शुक्रबार ०९:४६ २०८१ बैशाख १४, शुक्रबार ०९:४६

बैशाख १४, ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ।

महानगरपालिकाले उक्त संस्थालाई ४ लाख ४३ हजार पाँच सय रूपैयाँको चेक बिहीबार प्रदान गरेको हो।

विसं २०७२ को भूकम्पमा खुट्टा गुमाएका सात बालबालिकालाई कृत्रिम खुट्टाको व्यवस्थाका लागि उक्त रकम प्रदान गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए।

‘अपाङ्गता भएकाहरूको जीवन सहज बनाउन नसके हामीले भनेको ललितपुर महानगर ‘स्मार्ट’ सहर बन्दैन, त्यसैले हामी उहाँहरूसँगै छौँ। यो सुन्दरढोका साथीसेवाले अपाङ्गताको क्षेत्रमा उदाहरणीय काम गरेको छ। यस्तो संस्थासँग सहकार्य गर्दै अपाङ्गता भएकाहरूको मुहारमा खुसी ल्याउन हामी प्रतिबद्ध छौं,’ महानगरप्रमुख महर्जनले भने।

उनले जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न विनियोजन गरेको रकम तालिममा खर्च नगरी अपाङ्गता भएकाहरूका लागि ‘ह्वीलचियर’ खरिदमा खर्च गरिएको जानकारी दिए।

सुन्दर ढोका साथीसेवाका अध्यक्ष कोषविलास अधिकारीले महानगरप्रति कृतज्ञता व्यक्त गरे।

कृत्रिम खुट्टाका निम्ति सिफारिस भएका निशा बुढा र मोहन रोकाले प्राप्त सहयोगबाट आफूहरूलाई जीवन यापनमा सहज हुने विश्वास व्यक्त गरे। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook