नेपाल र कतारबीच २ सम्झौता र ६ समझदारी

Byपहिलो सुचना

२०८१ बैशाख १२, बुधबार १३:२२ २०८१ बैशाख १२, बुधबार १३:२२ २०८१ बैशाख १२, बुधबार १३:२२

बैशाख १२, काठमाडौं । नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा २ सम्झौता र ६ समझदारी भएका छन् । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको अवसरमा बुधबार भएको वार्तामा सो सम्झौता र समझदारी भएका हुन् ।

नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच सोल्टी होटलमा आज भएको द्विपक्षीय वार्तापछि नेपालको दुईदेशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस्ता छन् नेपाल र कतारबीच भएको सम्झौता र समझदारी:

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबिच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी

२. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार न्युज एजेन्सी (क्यूएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता

३. नेपाल सरकार र कतार राज्यको सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी

४. नेपाल सरकार र कतार राज्यको सरकारबिच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी

५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबिच सहयोगका लागि समझदारी

 ६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आईएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबिच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी

७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता

८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच भएको समझदारी पत्रको नवीकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook