नवजात शिशुको हत्या गर्ने एक महिला पक्राउ

Byपहिलो सुचना

२०७८ भाद्र ९, बुधबार ०९:०७ २०७८ भाद्र ९, बुधबार ०९:०७ २०७८ भाद्र ९, बुधबार ०९:०७

भाद्र ९, बैतडी । डिलाशैनी गाउँपालिकामा नवजात शिशुको हत्या गर्ने एक महिला पक्राउ गरिएको छ । डिलाशैनी गाउँपालिका वडा नं ७ ढाँणकी ३५ वर्षकी माधवी कार्कीले आफ्नो नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् ।

माधवीले शिशुको हत्या गरेपछी उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले त्यही ठाँउमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको शाहीले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेकी माधवीको अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी पाटनले जनाएको छ ।

उनका श्रीमान् १० वर्ष देखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनएको छ । माधवीका १३ वर्षका एक छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook