मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Byपहिलो सुचना

२०८० चैत्र ८, बिहीबार ०८:४० २०८० चैत्र ८, बिहीबार ०८:४० २०८० चैत्र ८, बिहीबार ०८:४०

चैत ८, नवलपरासी । मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका  मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook