ताप्लेजुङमा आगलागीबाट दुई घर जलेर नष्ट

Byपहिलो सुचना

२०८० चैत्र ७, बुधबार ०७:११ २०८० चैत्र ७, बुधबार ०७:११ २०८० चैत्र ७, बुधबार ०७:११
Fire

चैत ७, ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई वटा घर जलेका छन्। मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन्। घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन्। जिल्लाका केही वनमा पनि आगो सल्केको छ। बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook