नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

Byपहिलो सुचना

२०७८ भाद्र ८, मंगलवार १२:२६ २०७८ भाद्र ८, मंगलवार १२:२६ २०७८ भाद्र ८, मंगलवार १२:२६

भदौ ८, काठमाण्डाै । त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान गएको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान ८ बजे ओमान प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ । त्यसअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय खेल्नेछ ।

यसअघि नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook