फागुन २८, काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ । वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको लाइटर बोकेको ट्रकमा आगलागी भएको हो ।
एक्कासी आगलागी भएपछि चालकले ट्रक त्यही पुलमा रोकेर राखेको कारण पुलको तारमा पनि आगो सल्केको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।
आगो निभाउन लम्किचुहा नगरपालिकाको दमकलले सम्भव नबहेपछी बर्दिया र घोडाघोडीबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
