निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ- उपप्रधानमन्त्री रघुवीर महासेठ

Byपहिलो सुचना

२०८० फाल्गुन २६, शनिबार १७:३० २०८० फाल्गुन २६, शनिबार १७:३० २०८० फाल्गुन २६, शनिबार १७:३०

फागुन २६, काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन्। 

शनिबार नेपाल तयारी पोशाक उद्योग संघको २९औं वार्षिक साधारणसभामा उनले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। 

सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ।’

मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताए। 

यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उनले बताए। 

‘निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ,’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। 

उनले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्ने बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook