कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

Byपहिलो सुचना

२०८० फाल्गुन २६, शनिबार १२:२३ २०८० फाल्गुन २६, शनिबार १२:२३ २०८० फाल्गुन २६, शनिबार १२:२३

फागुन २६, मान्म । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगा थापाको मृत्यु भएको हो।

विद्युतको सबस्टेशनबाट चाखा काल्ढुंगा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले राससलाई जानकारी दिए।

‘गाडेको विद्युतको पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो,’ उनले भने, ‘दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।’

मृतक केशवराज थापा स्थानीय मंगलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook