मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न तलको लिंकमा जानुहोस ।

Byपहिलो सुचना

२०७८ भाद्र ७, सोमबार ११:४८ २०७८ भाद्र ७, सोमबार ११:४८ २०७८ भाद्र ७, सोमबार ११:४८

भदौै ७, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमवार बिहान बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकको कार्यालयमा बिहान भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाको आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकहरुमा गोलाप्रथाको माध्यमबाट पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

यसरी बाँडफाँट गरी बाँकी रहेको ३ कित्ता शेयर भने यी योग्य आवेदकहमध्यबाटै तीन जनाले थप एक कित्ताका दरले कुल ११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ वितरण गरेको हो । कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर बाँडफाँट गरिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुगेको छ । आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ६९ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ६९ देखि रू. ३९८ दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।https://iporesult.cdsc.com.np/

RSS Error: A feed could not be found at `https://iporesult.cdsc.com.np/`; the status code is `200` and content-type is `text/html`

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook