त्रिभुवन विश्वविद्यालयले नियमित परिक्षा सञ्चालन गर्ने

Byपहिलो सुचना

२०७८ भाद्र ७, सोमबार ११:१८ २०७८ भाद्र ७, सोमबार ११:१८ २०७८ भाद्र ७, सोमबार ११:१८

भदौ ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रकाशित तालिका अनुसार नै परीक्षा सञ्चालन गर्ने भएको छ। सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै नियमित परीक्षा सञ्चालन गर्न अनुमति दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यसअघि विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने विभिन्न तहको परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको स्वीकृतिमा भदौको परीक्षा कार्यतालिका नियमित रूपमा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ।

यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदै छ। सीसीएमसीले आगामी दिनको परीक्षा सञ्चालनको अनुमति दिनुृअघि हाल सञ्चालित विभिन्न तहको परीक्षाको निरीक्षणसमेत गरेको थियो।

निरीक्षणका क्रममा सीसीएमसीका अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गर्न लिखित रूपमै विश्वविद्यालयलाई सुझाव दिएका छन्।

सीसीएमसीका सुझाव कार्यान्वयन गरिने र परीक्षा केन्द्रमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देशन गरिएको परीक्षा नियन्त्रक जोशीले बताए। यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म प्रकाशित कार्यतालिकाअनुसारको परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिएको थियो ।

विश्वविद्यालयका अधिकांश शिक्षक, कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले अब नियमित रूपमा परीक्षा सञ्चालन हुने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook