बालकुमारी घटना : मन्त्री ज्वालालाई बर्खास्त गर्न संसद्‍मा माग

Byपहिलो सुचना

२०८० फाल्गुन ७, सोमबार १०:२३ २०८० फाल्गुन ७, सोमबार १०:२३ २०८० फाल्गुन ७, सोमबार १०:२३

फागुन ७, काठमाडौं । बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनाको कारक भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भएको भन्दै बर्खास्त गर्नुपर्ने माग प्रतिनिधिसभामा उठेको छ । प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्री ज्वालालाई पदमुक्त गर्नुपर्ने माग राखेपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 

ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाले प्रदर्शन गरिरहेको ठाउँमा मन्त्री ज्वाला पुगेको र उनको सुरक्षाका क्रममा प्रहरीको बल प्रयोगबाट पुस १३ मा दुई युवाको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ मा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग’ गठन गरेको थियो । आयोगले ‘मन्त्रीको उपस्थितिले नै घटना भएको’ किटान गरी शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिनिधिसभाको आइतबार बैठकमा प्रमुख प्रतिपक्षी एमालेले विशेष समय लिएर मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग राखेको हो । ‘प्रधानमन्त्रीले मुख्य दोषी भनिएको मन्त्रीलाई आजसम्म बर्खास्त गरेको सूचना पाएका छैनौं । हामीले सुन्दै छौं सामान्य सिपाहीहरूलाई कारबाहीको डन्डा अनि मन्त्रीहरूलाई उन्मुक्ति ? यो हुन सक्दैन,’ एमालेका सचेतक महेश बर्तौलाले पार्टीको माग राख्ने क्रममा संसद्मा भने । साना तहका अधिकारीलाई दोषी देखाएर जिम्मेवारीमा रहेका र जसका कारण घटना भएको भनेर सरकारी आयोगले नै किटान गरेको हो, उसलाई उन्मुक्ति दिन नहुने बर्तौलाको माग थियो । उनले भने, ‘घटनामा जोडिएका सम्बन्धित मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाइयोस् ।’

रास्वपा सभापति तथा सांसद रवि लामिछानेले पनि दुई युवाको ज्यान जाने गरी भएको घटना छानबिन समितिको प्रतिवेदन आउँदा पनि प्रधानमन्त्रीले कदम नचालेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आयोगले प्रतिवेदन बुझाइसकेपछि मन्त्री स्वयं हट्नुपर्ने नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै लामिछानेले आपत्ति जनाएका थिए ।

‘छानबिन समितिले निष्कर्ष पनि निकाल्यो जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नै दोषी रहेको कुरा, जुन भन्दै आइएको पनि थियो, प्रतिवेदनले पनि स्पष्ट पार्‍यो । तर यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गर्नुभएको छ न सरकार न त प्रधानमन्त्रीले कुनै छनक देखाउनुभएको छ,’ लामिछानेले भने, ‘यसमा गर्नुपर्ने के होला ? छानबिन आयोगले दोषी ठहर्‍याउँदा ठहर्‍याउँदै पनि चुइँक्क नबोलेर अन्य विषयमा भाषण गर्दै जाने नैतिकता कहाँबाट प्राप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook