अमेरिकामा रेलमा ग्याङ फाइट हुँदा किशोरले चलाए गोली, एक जनाको मृत्यु

Byपहिलो सुचना

२०८० फाल्गुन १, मंगलवार १२:२५ २०८० फाल्गुन १, मंगलवार १२:२५ २०८० फाल्गुन १, मंगलवार १२:२५

फागुन १, काठमाण्डौ । अमेरिकाको न्यूयोर्कमा सबवे रेलमा किशोरहरूको दुई समूहबीच ग्याङ फाइटको क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

सोमबार न्यूयोर्कको ब्रन्क्समा सबवे रेलभित्रै किशोरहरूको दुई समूहबीच झडप भएपछि एक किशोरले गोली चलाउँदा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार पहिलो गोली रेलभित्रै चलेको थियो। उक्त गोली रेलको डिब्बामा लागेको थियो ।

प्रहरीका अनुसार माउन्ड एडेन एभेन्यू स्टेशनमा रेल रोकिएपछि बाहिर निस्किएर ती किशोरले अन्धाधुन्ध गोली चलाएका थिए । मृतक ३४ वर्षीय एक पुरूषलाई स्टेशनमा गोली लागेको थियो। स्टेशनमा रहेका अन्य पाँच जना व्यक्तिलाई गोली लागेपछि तत्काल अस्पताल लगिएको थियो। अहिले उनीहरू खतरामुक्त रहेको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ ।

गोली चलाउने किशोर भने फरार छन् । उनको खोजी भइरहेको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ । उनलाई मोस्ट वान्टेड सूचीमा राखेर प्रहरीले खोजी गरिरहेको रोयटर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook