भारतमा साइबर अपराध २४ प्रतिशतले वृद्धि

Byपहिलो सुचना

२०८० माघ २६, शुक्रबार १२:३८ २०८० माघ २६, शुक्रबार १२:३८ २०८० माघ २६, शुक्रबार १२:३८
Hacker with laptop asking you to keep quiet. Cyber attack and data security concept

माघ २६, नयाँदिल्ली । भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ । सन् २०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको हो ।

सन् २०२२ मा, दक्षिणी राज्य तेलंगानाबाट सबैभन्दा बढी १५ हजार २९७ साइबर अपराध भएका छन् । दक्षिणी राज्य कर्नाटकमा १२ हजार ५५६ र उत्तर प्रदेशमा १० हजार ११७ अपराध भएको तथ्याङ्क छ ।

गृह राज्यमन्त्री अजयकुमार मिश्रले संसदमा सङ्घीय सरकारले मुलुकमा हुने सबै प्रकारका साइबर अपराधलाई समन्वित र बृहत् रूपमा व्यवस्थापन गर्न विभिन्न पहल गरेको बताए ।

उनले साइबर अपराध नियन्त्रणका लागि सङ्घीय सरकारले हालसम्म तीन लाख २० हजारभन्दा बढी सिमकार्ड र ४९ हजार इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) ब्लक गरेको जानकारी दिए । सङ्घीय सरकारले पनि साइबर अपराधबारे सचेतना फैलाउन पहल गरेको मन्त्रीले बताए । (सिन्ह्वा/न्यूज एजेन्सी नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook