मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु

Byपहिलो सुचना

२०८० माघ ११, बिहीबार १४:०२ २०८० माघ ११, बिहीबार १४:०२ २०८० माघ ११, बिहीबार १४:०२

माघ ११, मुगु । जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ।

भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र  २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले बताए।

जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च, लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन्। जिल्ला अस्पताल बिरामीले भरिएका छन्।

गाँउभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उहाँले गुनासो गर्नुभयो। विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन्। स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट  सोरुगाँउपालिका,पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ।

जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए।

उनले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण देखिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook