आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै घोषणा गर्ने

Byपहिलो सुचना

२०८० माघ ११, बिहीबार ०७:३६ २०८० माघ ११, बिहीबार ०७:३६ २०८० माघ ११, बिहीबार ०७:३६ #राष्ट्रिय सभा निर्वाचन

माघ ११, काठमाडौं । आज सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार मतदान हुन लागेक हो ।

मतदान बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणना गरि आजै नतिजा सार्वजनिक गरिनेछ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा हुने बताए ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । नेकपा (एमाले) को सबै १९ पदमा उम्मेदवार छन् । नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् । 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । प्रदेश सभा सदस्यतर्फ ५४९ र पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook