माघ १०, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधवार नेपालले पाकिस्तानको सामना गर्दै छ ।
यस प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।
नेपाली यु-१९ खेलाडीहरु :
देव खनाल (कप्तान), दीपक प्रसाद डुम्रे, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, अर्जुन कुमाल, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, तिलक राज भण्डारी, आकाश चन्द, विपिन रावल
