अमेरिकाद्वारा चीनका लागि निकोलास बुर्नसलाई राजदुत नियुक्त

Byपहिलो सुचना

२०७८ भाद्र ५, शनिबार २२:३३ २०७८ भाद्र ५, शनिबार २२:३३ २०७८ भाद्र ५, शनिबार २२:३३

भदौ ५, वासिङ्टन। अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले शुक्रबार राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिएको जनाएको छ। निकोलास सन् २००१ द्केही २००५ सम्म नेटोका लागि राजदुत पनि भएका थिए। त्यसअघि उनि ग्रिसका लागि राजदुतका साथै विदेश मन्त्रालयको प्रवक्तासमेत थिए। त्यस्तै, उनले जर्ज एचडब्लु बुस र विल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा काम गरेका थिए।

अहिले ६५ वर्षका निकोलास हवार्ड विश्वविध्यालयमा अन्तरराष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक पनि हुन्। उनलाई अमेरिकाको वरिष्ठ कूटनीतिज्ञका रुपमा पनि चिनिन्छ ।

कुटनीतिक सरकारी अधिकारीको रुपमा झण्डै २७ वर्ष सेवा गरेका उनि सरकारको वर्गीकरणमा उहाँ विदेश मन्त्रालयको तेस्रो उच्च तहमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook