kf]v/f, ! df3M kf]v/fdf ljdfg b'3{6gf kf]v/fl:yt ;]tL gbLsf] vf]Frdf b'3{6gf ePsf] otL Po/nfOG;sf] ljdfg . otL Po/nfOG;sf] P6Lcf/–&@ ljdfg sf7df8f}Faf6 cfh laxfg !)M## ah] kf]v/f p8]sf] lyof] . tl:a/M hd'gf zdf{÷/f;;

पुस १२, काठमाडौं । गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । दुर्घटना जाँच आयोगले बिहीबार मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । 

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो । पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए ।

प्रतिवेदन बुझ्ने क्रममा मन्त्री किरातीले आयोगको सुझावलाई कडाईका साथ कार्यान्वयन गर्न मन्त्रालयमातहतका निकाय र अधिकारीलाई निर्देशन दिएका छन् । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरास्थित सेती खोँचमा खसेर दुर्घटना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook