आज यूएईलाई हराए नेपालले टि-२० विश्वकप खेल्ने

Byपहिलो सुचना

२०८० कार्तिक १७, शुक्रबार ०९:३८ २०८० कार्तिक १७, शुक्रबार ०९:३८ २०८० कार्तिक १७, शुक्रबार ०९:३८

विश्वकपअन्तर्गत् एसिया छनोटको सेमिफाइनलमा नेपालले शुक्रबार युएईसँग खेल्दैछ । यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि–२० विश्वकपमा छनोट हुनेछ ।

शुक्रबार बिहान ११ बजे मुलपानी मैदानमा हुने यो खेल नेपालका लागि महत्त्वपूर्ण छ किनकि नेपाललाई १० वर्षपछि टि–२० विश्वकपमा छनोट हुने अवसर छ । 

नेपाल र युएईबीच टि–२० मा अहिलेसम्म ८ खेल भएका छन् । आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन् । 

अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टि–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो । 

मुलपानी मैदानमा नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो । कीर्तिपुर मैदानमा भएको फाइनलमा भने नेपाल पराजित भएको थियो । फाइनलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो । 

त्यसअघि सन् २०२२ मा नेपाल र युएईबीच टि–२० विश्वकप छनोटको सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। ओमानमा भएको सो खेलमा जित हात पारे विश्वकपमा पुग्ने अवस्था थियो। तर नेपाल ६८ रनले पराजित हुन पुगेको थियो । 

त्यसअघि नेपाल र युएईबीच ओमानमै भएको टि–२० सिरिजमा नेपाल २५ रनले पराजित भएको थियो । 

सन् २०१९ मा नेपाल र युएईबीच भएको टि–२० सिरिजमा नेपालले तीन मध्ये दुई खेलमा जित निकालेको थियो। सो सिरिजमा नेपाल पहिलो खेलमा पराजित भएको थियो। तर दोस्रो र तेस्रो खेल जित्दै नेपालले सिरिज २–१ ले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook