मौसम पूर्वानुमानः पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

Byपहिलो सुचना

२०८० कार्तिक ९, बिहीबार ०९:२२ २०८० कार्तिक ९, बिहीबार ०९:२२ २०८० कार्तिक ९, बिहीबार ०९:२२ #मौसम
Weather_Pahilosuchana

कात्तिक ९ काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ। त्यस्तै, पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा बताइएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि उल्लेख छ।

राति पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares
Facebook