इजरायलले बुझायो ज्यान गुमाएका पाँच विद्यार्थीको शव

Byपहिलो सुचना

२०८० आश्विन २९, सोमबार १०:२१ २०८० आश्विन २९, सोमबार १०:२१ २०८० आश्विन २९, सोमबार १०:२१

असोज २८, काठमाडौं । इजरायलमा प्यालेस्टाइनी इस्लामिस्ट समूह हमासको आक्रमणमा परी १० जना विद्यार्थीमध्ये पाँच जनाको शव नेपाल सरकारले प्राप्त गरेको छ ।

आइतबार तेल अभिभस्थित नेपाली राजदूतावासले पाँच जना विद्यार्थीको शव प्राप्त गरेको जानकारी दिएको छ । सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

त्यसमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको जनाएको छ। अन्य पाँच जनाको पनि शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । शवलाई नेपाल फर्काउन पनि इजरायली सरकारसँग समन्वय भइरहेको जनाएको छ। हमासको आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

एक जना नेपाल फर्किएको र एक जना दूतावासकै हेरचाहमा छन्। दूतावासका अनुसार दुई जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook