असोज २६, काठमाडौं । इजरायलबाट २५४ नेपालीहरु शुक्रबार बिहान नेपाल आइपुगेका छन् । नेपाल एयरलाइन्सको विमान तेलअभिभ गएर उनीहरूलाई उद्धार गरेर ल्याएको हो ।
इजरायलमा फसेका नेपाली विद्यार्थीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए ।
नेपालको त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थल आइपुगेर परराष्ट्रमन्त्री एनपी साउदले नेपाल सरकार आफ्नो नागरिकको सुरक्षाप्रति सजग र समर्पित भएर लागेको भन्दै ५०३ जनाको आवेदनमा अहिले २५४ जनालाई ल्याइएको जानकारी दिए । उनले भने, “यो पहिलो लटमा २५४ जनालाई स्वदेश ल्यायौँ । बाँकिलाई पनि रेगुलर फ्लाइटबाट भएपनी स्वदेश फिर्ता गर्नेछौं ।”
