हमासको रकेट आक्रमणमा इजराइली सहरका मेयरको मृत्यु

Byपहिलो सुचना

२०८० आश्विन २०, शनिबार १६:५१ २०८० आश्विन २०, शनिबार १६:५१ २०८० आश्विन २०, शनिबार १६:५१

असोज २०, इजरायल । शनिबार बिहान हमासले गरेको घातक रकेट आक्रमणमा परी शार हानेगेभ क्षेत्रीय काउन्सिलका प्रमुख (मेयर) ओफिर लिब्स्टेनको मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजराइलले बताएको छ।

‘आतंकवादीको आक्रमणको बेला सहरको रक्षा गर्न गएका ओफिर मारिए’, काउन्सिलको विज्ञप्तिलाई उद्धृत गर्दै समाचारमा भनिएको छ।

उनको मृत्युपछि काउन्सिलका उपप्रमुख योसी केरेनलाई अन्तरिम प्रमुख बनाइएको छ।

पछिल्लो समाचारअनुसार हमासको रकेट आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएका छन्।

मध्य तथा दक्षिण इजराइलमा शनिबार बिहान साढे तीन घण्टासम्म व्यापक रकेट हमला भएको थियो। यसबाहेक हमासले पाँच जना इजराइल डिफेन्स फोर्स (आइडीएफ) का सैनिकलाई अपहरण गरेको दाबी गरेको जेरुसेलनम पोस्टले बताएको छ। आइडीएफले भने त्यसको पुष्टि गरेको छैन।

हमासको आक्रमणपछि आइडीएफले गाजापट्टीमा जवाफी हमला गरेको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook