असोज १९, ललितपुर । दोलखाको शैलुङ गाउँपालिका –२ भुषाफेदा पुरानागाउँमा खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ७५ वर्षीय रामबहादुर तामाङ र २७ वर्षीया जेनिशा तामाङ रहेका छन् ।
खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका दुवैको धुलिखेल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको जोरपाटी मेडिकल कलेजमा रिफर गरि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
४२ वर्षीय पञ्चबहादुर तामाङले बिहिवार राती आफ्नै बुबा रामबहादुर तामाङलाई मादक पदार्थ सेवन गरि पैसा माग्दा नदिए पछि सोहि निउमा खुकुरी प्रहार गरेको स्थानीय फुर्वा तामाङले पहिलोसुचनालाई जानकारी दिए । उनले अगाडी भने ‘ बाबु छोरामा सामान्य झगड भइरहन्थ्यो तर आज दिउसो खुकुरी नै प्रहर गरेको देखेपछि छुट्याउन जादा जेनिसा तामाङ लाई समेत खुकुरी प्रहर गरि घाइते बनायो ।’
उनका अनुसार पञ्चबहादुर तामाङले पहिले पनि पैसाको निहुँमा घरमा झगडा र कुटपिट गर्ने गरेका थिए ।
खुकरी प्रहार गर्ने पञ्चबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
