काठमाडौंमा अवतरण गर्न खोजेको कतार एयरको जहाज ओभरसुट

Byपहिलो सुचना

२०८० आश्विन १७, बुधबार ११:०१ २०८० आश्विन १७, बुधबार ११:०१ २०८० आश्विन १७, बुधबार ११:०१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माथिको आकासमा कतार एयरको जहाज । फाइल फोटो

असोज १७ , काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् ।

उडान नं. ६४८ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । जहाज बुधबार बिहान सवा सात बजे अवतरण गर्दै थियो । धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि काठमाडौं अवतरण गरेको छ ।

ओभरसुट भएका जहाजहरु सामान्यतया आकासमा एक फन्को लगाएर केही समयमै अवतरण हुने गरेका छन् । आज कतार एयरको जहाजले पनि आकासमा एक फन्को लगाएर २० मिनेटपछि अवतरण गरेको थियो ।

त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरु सिमरामाथिको आकाशबाटै एप्रोच लिने गर्दछन् ।

जहाजहरु ओभरसुट हुनुलाई अधिकारीहरु सामान्य रुपमा लिन्छन् । कहिलेकाहिँ एप्रोच नमिल्दा, भिजिबिलिटी कम हुँदा, अत्यधिक पानी पर्दा र कहिलेकाहिँ जहाज हाई अल्टिच्युड भएर आउँदा पनि ओभर सुट हुने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि पनि जहाजहरु ओभरसुट भएका विवरणहरु छन् । २०७९ भदौमा सिंगापुर एयरलाइन्सको जहाज र गत वैशाखमा एयर इण्डियाको जहाज ओभरसुट भएका थिए ।

आज काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । पानी परेको बेला रनवेमा पाङ्ग्रा चिप्लिने जोखिम हुने प्राविधिकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook