ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका २ बालकको मृत्यु

Byपहिलो सुचना

२०८० आश्विन १७, बुधबार १०:४८ २०८० आश्विन १७, बुधबार १०:४८ २०८० आश्विन १७, बुधबार १०:४८

असोज १७, काठमाण्डौ । धादिङमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका २ बालकको मृत्यु भएको छ।

काठमाडौंबाट चितवन जाँदै गरेको प्रदेश २-००१ ख  ६४१३ नम्बरको ट्रकले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा दुई बालकलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठ छन्।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार उनीहरु बिहान ट्युसन पढ्न जाँदै थिए। बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। ट्रकका चालक रौतहटका अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेको एसपी मिश्रले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook