भदौ ३१, काठमाण्डौ । डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् ।
चिकित्सकहरूले सुरक्षाको माग गर्दै आइतबार अस्पताल र स्वास्थ्य संस्थाहरू ठप्प पारेका हुन् । अस्पतालहरूमा ‘ओपिडी सेवा बन्द, असुविधाका लागि क्षमा प्रार्थी छौं’ लेखेर टाँसिएको छ । चिकित्सकहरू हातमा कालोपट्टी बाँधेर अस्पताल पुगेका थिए ।
भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।
