भदौ ६, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक गाडी धादिङको गजुरीमा दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइतेहरुको उद्दार गरिएको छ ।
धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ८ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए । मृत्यु हुनेमा २ जना महिला र ६ जना पुरूष छन् ।
घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ । उद्दार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जानकारी दिए ।