करिब ९ लाख स्रोत नखुलेको रकमसहित एक पक्राउ

Byपहिलो सुचना

२०८० श्रावण २७, शनिबार १३:०१ २०८० श्रावण २७, शनिबार १३:०१ २०८० श्रावण २७, शनिबार १३:०१

साउन २७, गोलबजार । सिराहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

शुक्रबार अपराह्न सिराहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिराहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपाल आउँदै गर्दा साहलाई पक्राउ गरेको हो। 

बा १२ प १६३७ नंको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार रुपैयाँ र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको छ लाख रुपैयाँ गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० रुपैयाँ बरामद गरेको हो।

प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिराहा डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook