६ नाल भरुवा बन्दुक बरामद

Byपहिलो सुचना

२०८० श्रावण २५, बिहीबार ०८:३३ २०८० श्रावण २५, बिहीबार ०८:३३ २०८० श्रावण २५, बिहीबार ०८:३३

साउन २५, काठमाडौं । बागलुङमा प्रहरीले ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।

बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो।

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान भइरहेको उनले बताए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook