ललिता निवास प्रकरणमा पक्राउ परेका २० जना थप सात दिन हिरासतमा

Byपहिलो सुचना

२०८० श्रावण २४, बुधबार १८:२३ २०८० श्रावण २४, बुधबार १८:२३ २०८० श्रावण २४, बुधबार १८:२३

साउन २४, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।

जिल्ला अदालत काठमाडौंले आज निजहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सिआइबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा निजहरूमाथि अनुसन्धान गरिरहेको छ।

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सिआइबीको हिरासतमा छन्। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook