तामाकोशीमा माछा मार्न गएका बालकको पहिरोमा पुरिएर मृत्यु

Byपहिलो सुचना

२०८० श्रावण २४, बुधबार १०:४७ २०८० श्रावण २४, बुधबार १०:४७ २०८० श्रावण २४, बुधबार १०:४७

साउन २४, दोलखा । दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो

तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ।

उनी गए राति  माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो । पहिरोमा परेर दुई जना अझै बेपत्ता छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook