किर्तिपुरमा एकीकृत समाजवादीको सचिवालय बैठक जारी

Byपहिलो सुचना

२०८० श्रावण १९, शुक्रबार ११:५१ २०८० श्रावण १९, शुक्रबार ११:५१ २०८० श्रावण १९, शुक्रबार ११:५१

साउन १९, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक कीर्तिपुरस्थगित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी छ।

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ।

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook