दाङमा २९८ घरेलु उद्योग बन्द

Byपहिलो सुचना

२०८० श्रावण १२, शुक्रबार १२:१२ २०८० श्रावण १२, शुक्रबार १२:१२ २०८० श्रावण १२, शुक्रबार १२:१२

साउन १२, दाङ । दाङमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन्। बन्द हुनेमा  उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र  सेवामूलक उद्योग ५६ रहेका छन्।

कार्यालयमा आएर आधिकारिकरूपमा बन्द गराउनेको सङ्ख्या न्यून भएको उनले बताए।

जिल्लामा आव २०७९/८० मा सात सय ४२ घरेलु तथा साना उद्योग दर्ता भएका थिए। चालु तथा स्थिर पुँजीतर्फ रु एक अर्ब ४१ करोड एक लाख लगानी भएको छ।

यसबाट ६३ लाख ३१ हजार राजश्व सङ्कलन भएको प्रमुख गुरुङले बताए। जिल्लामा हालसम्म ११ हजार तीन सय ८२ घरेलु तथा साना उद्योग रहेका छन्।

विसं २०७९ असार मसान्तसम्म १० हजार नौ सय ३८ र आव २०७९÷८० मा सात सय ४२ उद्योग थपिएको तथ्याङ्कले देखाएको छ।

एक वर्षको अवधिमा सात सय १७ उद्योग नवीकरण भएका छन्। आठ सय १२ उद्यमी थपिएका छन्। दुई हजार पाँच सय ५३ जनाले रोजगार प्राप्त गरेको तथ्याङ्क छ। उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन्।

यसमध्ये छ सय ९२ जनाले रोजगार प्राप्त गरेका छन्। एक सय ८९ उद्योग नवीकरण गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook