सर्वोच्च अदालतद्वारा सांसद विकास कोषबारे लिखित जवाफ माग

Byपहिलो सुचना

२०८० श्रावण ४, बिहीबार २१:४२ २०८० श्रावण ४, बिहीबार २१:४२ २०८० श्रावण ४, बिहीबार २१:४२
Supreme Court

साउन ४, काठमाडौं । सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश गरेको हो । अदालतले अर्थमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयलगायतका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को आयव्ययको वक्तव्यको बुँदा नम्बर ४४५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि रु पाँच करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्था गरिएको थियो ।

सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेटमा संसद् विकास कोषमा रु पाँच करोड विनियोजन गरेको थियो । देशमा आर्थिक संकट रहेका समयमा यसरी सांसदलाई पैसा वितरणको व्यवस्था गर्ने कार्य गलत भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । उक्त विवादमा अदालतले लिखित जवाफ माग गरेको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook