साउन ३, काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगलको पुल नजिक रहेको खोटाङ हलेसी ज्वेलर्स अगाडि बम जस्तो शंकास्पद वस्तु फेला परेको हो ।
शंकास्पद वस्तुको बारेमा अनुसन्धान सुरु गरिएको र अहिले घटनास्थल प्रहरीले कर्डन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए ।
उक्त शंकास्पद वस्तुसँगै पर्चासमेत भेटिएको छ । पर्चामा हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सहयोग गर्नुस् भनेर उल्लेख गरिएको छ
। संयोजक सफल भनेर पनि लेखिएको छ ।
