मेलम्चीमा बाढी, दुई पुलमा क्षति

Byपहिलो सुचना

२०८० असार २२, शुक्रबार ०७:१८ २०८० असार २२, शुक्रबार ०७:१८ २०८० असार २२, शुक्रबार ०७:१८

असार २२, सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ ।

गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए । ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन,’ उनले भने ।

फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् । इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook