चर्चित रक गायक रविन तामाङको मृत्यु

Byपहिलो सुचना

२०८० असार १९, मंगलवार २३:५६ २०८० असार १९, मंगलवार २३:५६ २०८० असार १९, मंगलवार २३:५६

असार १९, काठमाडौं । नेपाली रक ब्याण्ड रविन एण्ड द रिभोलुसनका भोकलिस्ट एवं कलाकार रविन तामाङको निधन भएको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो ।

प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दका अनुसार उनकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार प्रहरी बुढानिलकण्ठ-५ चिसेनीस्थित उनको घरमा पुगेका थिए । प्रहरीले घटनास्थलमा केही पनि शंकास्पद नेदेखिएको र सबै कुरा सामान्य देखिएको बताए ।

उनको मृत्युको कारणबारे पोस्टमर्टमबाट खुल्ने प्रहरीले जानकारी दिए । तामाङलाई पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ ।

‘चिसो चिसो हावामा’, ‘जति माया लाए पनि’ जस्ता चर्चित गित गाएका उनले फिल्ममा समेत अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘छड्के’ मा देखिएका थिए । छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook