उपप्रधानमन्त्री खड्का र अस्ट्रेलियाकी राजदूतबीच भेट

Byपहिलो सुचना

२०८० असार ७, बिहीबार ०६:५५ २०८० असार ७, बिहीबार ०६:५५ २०८० असार ७, बिहीबार ०६:५५

असार ७, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग  नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्। 

बुधबार भएको भेटवार्तामा  उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले नेपाल र अस्ट्रेलियाबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै वर्तमान सरकार दुई पक्षीय सम्बन्ध विस्तार गर्न प्रतिबद्ध रहेको र यसका लागि राजदूत भोल्कको विशेष भूमिका रहने धारणा राखेको रक्षा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

उपप्रधानमन्त्री खड्काले कोभिड–१९ को समयमा अस्ट्रेलिया सरकारबाट प्राप्त खोप एवं अन्य सहयोगका निम्ति धन्यवाद दिँदै अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सुरक्षा एवं संरक्षणका लागि अस्ट्रेलियाली सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। 

नेपाली सेना र अस्ट्रेलियाको सेनाबीचको सहयोग आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको औँल्याउँदै उनले दुई देशको सेनाबीच विभिन्न प्रकारका तालिम एवं शैक्षिक कार्यक्रमहरू आदानप्रदान गर्ने कार्य हाल भइरहेको र भविष्यमा पनि निरन्तरता हुने उल्लेख गरे।

भेटमा राजदूत भोल्कले नेपाली विद्यार्थी एवं समुदायप्रति अस्ट्रेलियाका जनताको सद्भाव रहेको र बढ्दै गइरहेको भन्दै नेपाली समुदायका कारण अस्ट्रेलियाको आर्थिक एवं सांस्कृतिक विकासमा योगदान पुगेको धारणा व्यक्त गरिन्।

उनले कृषि, उद्योग, व्यवसायलगायतका क्षेत्रमा दुई देशबीच सहयोग आदानप्रदान गर्ने पर्याप्त सम्भावना रहेको बताए। उनले अस्ट्रेलियामा रहेका विद्यार्थी एवं समुदायका लागि आवश्यक सहयोगका निमित्त अस्ट्रेलियाली सरकार प्रतिबद्ध रहेको बताइन्। 

भोल्कले रक्षा क्षेत्रमा दुई देशका सेनाबीच तालिम एवं विभिन्न प्रकारका कार्यक्रममा सहकार्य हुँदै आइरहेको उल्लेख गर्दै आगामी दिनमा यस्तो सहयोग विस्तार गर्ने पर्याप्त सम्भावना रहेको धारणा राखेकी थिइन्। 

राजदूत भोल्कले आफ्नो कार्यकालमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook