जेठ ३२, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् ।
कञ्चनपुर प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरी औषधि बिक्री वितरण गर्दैआएका सूचना पाएपछी उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) भरतराज गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् ।
उनीहरूमाथि थप अनुसन्धानका लागि स्वास्थ्य विभाग पठाइएको इन्सपेक्टर गिरीले जानकारी दिए ।
