टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दोलखा शैलुङका एक युवकको मृत्यु

Byपहिलो सुचना

२०८० जेष्ठ ३१, बुधबार १३:०२ २०८० जेष्ठ ३१, बुधबार १३:०२ २०८० जेष्ठ ३१, बुधबार १३:०२

जेठ ३१, काठमाडौं । काठमाडौंको जडिबुटीमा टिपरले ठक्कर दिँदा दोलखा घर भएका एक युवकको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मंगलबार राती ठक्कर दिँदा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखा शैलुङ गाउँपालिका घर भई कोटेश्वर बस्ने ३० वर्षीय झनकबहादुर थापा मगर रहेका छन् । इन्डियन आर्मीमा कार्यरत मगर केही समय अघि मात्रै छुट्टीमा नेपाल आएका थिए ।

दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उनको उपचारको क्रममा सवा १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भने घाइते भएका छन् । बा २ ख ३४३६ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरकोमोटरसाइकलाई ठक्कर दिएको हो ।

घाइतेको भने बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । घाइते काठमाडौं महानगरपालिका ५ मा बस्ने ४० वर्षीय कुमार थापा मगर छन् । उनी अहिले बोल्न सक्ने अवस्थामा छन् ।

टिपर चालक ओखलढुंगाका ३० वर्षीय हिरा गुरुङ छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

घटनाको थप अनुसन्धान प्रहरी वृत बानेश्वरले अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook