गाडीको ठक्करबाट पैदलयात्र‍ीको मृत्यु

Byपहिलो सुचना

२०८० जेष्ठ २४, बुधबार ०८:५१ २०८० जेष्ठ २४, बुधबार ०८:५१ २०८० जेष्ठ २४, बुधबार ०८:५१

जेठ २४, काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ।

काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो। 

ठक्करबाट गम्भीर घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।

गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook