प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए पद तथा गोपनीयताको शपथ

Byपहिलो सुचना

२०७८ भाद्र १, मंगलवार १८:०२ २०७८ भाद्र १, मंगलवार १८:०२ २०७८ भाद्र १, मंगलवार १८:०२

भाद्र १, काठमाडौँ। प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो शीतलनिवासमा प्रदेश प्रमुख मिश्रलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६७ बमोजिम मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गराएकी हुन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गरी महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook