धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो

Byपहिलो सुचना

२०८० बैशाख ३०, शनिबार १३:१० २०८० बैशाख ३०, शनिबार १३:१० २०८० बैशाख ३०, शनिबार १३:१०

बैशाख ३०, म्याग्दी । धवलागिरि हिमालमा बेपत्ता भएका एक मजदुरको शव सात महिनापछि भेटिएको छ । 

पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौं लगिएको छ ।

उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए ।

‘गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छ,’ उनले भने, ‘नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौं लगेको छ ।’ 

शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् ।

काठमाडौंको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook