क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Byपहिलो सुचना

२०८० बैशाख २८, बिहीबार ०९:१५ २०८० बैशाख २८, बिहीबार ०९:१५ २०८० बैशाख २८, बिहीबार ०९:१५
Arrest

बैशाख २८, काठमाडौं । क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर त्यहाँ जानका लागि प्रतिव्यक्ति १० लाख लाग्ने भन्दै रकम असुलेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

त्यहाँ पुगेपछि प्रतिष्ठित अटोमोबाइल कम्पनीमा जनरल वर्करको काम लगाइदिने र त्यहाँबाट मासिक दुई लाखसम्म तलब पाइने भन्दै उनले पीडितबाट पाँच लाख असुलेको फेला परेको छ । 

यसरी रकम लिएपछि फरार भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन गरेको अनुरोधको आधारमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको रेग्मीले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook