थाइल्यान्डमा संसदीय निर्वाचनअघि प्रारम्भिक मतदान

Byपहिलो सुचना

२०८० बैशाख २५, सोमबार १३:४७ २०८० बैशाख २५, सोमबार १३:४७ २०८० बैशाख २५, सोमबार १३:४७

बैशाख २५, बैङ्कक । थाइल्यान्डमा मे १४ मा हुने संसदीय निर्वाचनअघि आइतबार प्रारम्भिक मतदान भएको छ । निर्वाचन आयोगका अनुसार २२ लाखभन्दा बढी थाईहरूले तोकिएका मतदान केन्द्रहरूमा चाँडै मतदान गरेका छन् ।

आइतबारको मतदान ७० प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको  निर्वाचन आयोगका महासचिव सावेङ बुनमीले बताएका छन् । दुई मतपत्र प्रणालीअन्तर्गत संसदीय निर्वाचनले प्रतिनिधिसभाका लागि पाँच सय सदस्य निर्वाचित गर्नेछ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook