बैशाख २५, काठमाडौं । संसदमा आजदेखि प्रि-बजेट छलफल सुरु हुने भएको छ । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।
प्रतिनिधि सभा बैठकमा आज (सोमबार)देखि २७ गतेसम्म प्रि-बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल हुने कार्यसुची छ । त्यस्तै २७ गते अर्थमन्त्री डा प्रकाश शरण महतले सांसदहरुको जवाफ दिने कार्यक्रम छ ।
बजेट पेस गर्नु १५ दिनअगावै प्रिबजेट छलफल सक्नुपर्ने अभ्यास छ । सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
